२०८३ बैशाख १८ गते , शुक्रबार
बोलेरो दुर्घटनाहुँदा इलाममा तीन जनाको मृत्यु
इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका–६ का ५० वर्षीय जयकुमार राई छन् ।
आइतबार मध्याह्न १२ बजे पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल झरेको थियो । दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक समान्य घाइते छन् ।
हिमप्रसादले बोलेरो रिजर्भ लिएर झापाको दमकतर्फ जाँदै गरेका थिए । जयकुमार भने माङसेवुङको रक्सेमा मलामी जानका लागि त्यही गाडीमा चढेको माङसेवुङ २ स्थित प्रहरी चौकीले जनाएको छ ।