२०८३ बैशाख १८ गते , शुक्रबार

नालीमा डुबेको अवस्थामा एक जनाको शव फेला

sajilo news
परिवेश मिडिया
२०७९ असार १० गते , शुक्रबार
नालीमा डुबेको अवस्थामा एक जनाको शव फेला

बिर्तामोड । झापाको गौरादह नगरपालिका-९ बैगुनधुरामा नालीमा डुबेर एक जनाको मृत्यु भएको छ ।  सडक छेउमा रहेको नालीमा डुब्दा स्थानीय ४१ बर्षीय बुद्धराम हेमरमको मृत्यु भएको हो ।
बुधबार बिहान घरबाट काम गर्न भनि हिडेका हेमरम बेलुकासम्म पनि घर नआए पछि आफन्तले  खोलतलास गर्दा बिहिबार बेलुका ४ बजे मृत फेला पारेका थिए । हेमरमको शव घर नजिकै सडक छेउमा रहेको नालीको पानीमा डुबेको अवस्थामा आफन्तले फेला पारेको प्रहरीले जनाएको छ । 
मृतकको शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाईएको र घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सम्बन्धित समाचार