२०८३ बैशाख १८ गते , शुक्रबार

वायुसेवा सञ्चालक सङ्घ र उड्ययन प्राधिकरणबिच वार्ता, आज सबै उडान हुने

sajilo news
परिवेश मिडिया
२०७९ असार ८ गते , बुधबार
वायुसेवा  सञ्चालक  सङ्घ र उड्ययन प्राधिकरणबिच वार्ता, आज सबै उडान हुने

काठमाण्डौ । वायुसेवा  सञ्चालक  सङ्घ  नेपालले  बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो

राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो   वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो यद्यपि बुद्ध यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन्

वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी चिढिएका छन्

सम्बन्धित समाचार