२०८३ बैशाख १८ गते , शुक्रबार

वुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन

sajilo news
परिवेश मिडिया
२०७९ असार ७ गते , मंगलबार
वुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको । मंगलबार बसेको कार्यपालिका बैठकले कार्यदल सल्लाहकार समिति गठन गरेको हो

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई पूर्व जनप्रतिनिधि गोपीचन्द्र गिरी सदस्य रहेका छन् यस्तै पूर्व अनारमनी गाविस अध्यक्ष हर्कलाल गिरीको संयोजकत्वमा पूर्व अनारमनी गाविस उपाध्यक्ष लोकवन्धु कन्दङ्वा वडा नम्बर ५ का पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन सदस्य रहनेगरि सल्लाहकार समिति गठन गरिएको समितिले एक महिना भित्रमा प्रतिवेदन बुझाउने गरि निर्णय गरिएको

कार्यपालिका बैठकले नगरप्रमुख पवित्रा महतारा प्रसाईमाथि भएको अशोभनीय एवं अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको सोमबार कार्यपालिकासहित सर्वदलीय बैठकमा बुधबारे हटियाको विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले देखाएको व्यवहारप्रति नगरको ध्यानाकर्षण भएको जनाइएको हो अव उप्रान्त कतैबाट यस प्रकारका अराजक गतिविधि दोहोरिएमा कानुन अनुसार कार्वाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउने समेत निर्णयमा उल्लेख गरिएको

यस्तै मंगलबार बसेको कार्यपालिकाको बैठकले राजश्व परामर्श समिति गठन गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिम समिति गठन गरिएको हो नगर उपप्रमुख संग्रौलाको संयोजकत्वमा गठित यस समितिमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे,रोहित प्रसाई कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा सदस्य रहेका छन् बैठकले विभिन्न वटा विषयगत समिति समेत गठन गरेको जसमा पूर्वाधार विकास समिति,आर्थिक विकास समिति,वातावरण तथा विपद व्यवस्थापन समिति,सामाजिक विकास समिति,विधेयक समिति सार्वजनिक सेवा तथा क्षमता विकास समिति रहेका छन्

पूर्वाधार विकास समितिको संयोजकमा कार्यपालिका सदस्य जगतबहादुर राजवंशी सदस्यहरुमा वडाध्यक्ष अजय कार्की,किशोर पौडेल रहेका छन् यस्तै आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य संगिता सिवा सदस्यहरुमा वडाध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा चयन भएका छन् यस्तै वडाध्यक्ष दुर्योधन गुरुङको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन समिति गठन गरिएको यस समितिको सदस्यहरुमा वडाध्यक्ष रोहित प्रसाई कृष्णप्रसाद खरेल रहेका छन्

यस्तै कार्यपालिका सदस्य यमुना आचार्यको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको यस समितिको सदस्यहरुमा कार्यपालिका सदस्य तिला गौतम निर्मला सुनार रहेका छन् यस्तै विधेयक समितिको संयोजकमा शर्मिला राजवंशी सदस्यहरुमा वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा,मदन बुढाथोकी रहेका छन् यसैगरी सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा कार्यपालिका सदस्य लक्षिमा खतिवडा सदस्यमा वडाध्यक्ष हरिप्रसाद चौलागाई,निर्मला सुनार चयन भएका छन्
बैठकले बिर्तामोडको मुक्तिचोक दक्षिण भद्रपुर सडक खण्डको ग्रीनवेल्ट एरियाको सरसफाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अमानतबाट सञ्चालन गर्ने पनि निर्णय गरेको जनाइएको

 

सम्बन्धित समाचार