खनाल दम्पतिद्वारा बाल आश्रममा खाद्यान्न सहयोग
बिर्तामोड । बिर्तामोडका मुकेश खनाल र अञ्जना भट्टराईले कनकाईस्थित एक बाल आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । विहिबार खनाल दम्पतिले कनकाई–१ स्थित सुस्त मनस्थिती सरोकार समाज नेपाललाई सहयोग गरेका हुन् ।

अन्तर्राष्ट्रिय झापाली समाजका क्षेत्रीय सह संयोजक खनालले आश्रममा रहेका बालबालिकाका लागि दाल, तेल, चामल, चिनीलगायत खाद्यवस्तु र स्याम्पु, हार्पिकलगायत दैनिक उपभोग्यवस्तु सहयोग गरेका हुन् । भर्खरै वैवाहिक सम्बन्धमा बाँधिएका दम्पतिले बालबालिकालाई सहयोग गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिए ।
मुकेश झापाली समाज दक्षिण कोरियाका महासचिव समेत रहेका खनाल सामाजिक गतिविधीमा सक्रिय छन् । कोरोना महामारीको समयमा समाजकै पहलमा एकका लागि एक अभियानलाई अक्सिजन सिलिण्डर खरिदमा सहयोग गरिएको थियो । त्यस्तै कोटिहोमस्थित पीसीआर ल्याब स्थापनामा समाजले सहयोग गरेको थियो ।
आश्रममा हाल १६ जना बालबालिका आश्रित रहेका छन् । दम्पतिको सहयोगबाट बालबालिका खुशी भएका थिए ।