२०८३ बैशाख १८ गते , शुक्रबार

ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १६ गते , सोमबार
ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर १४ भदौरेस्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा जनाको मृत्यु भएको पथलैयाबाट सोलु हाइड्रोपावरतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो

पथलैयाबाट सिमेन्ट लिएर जाँदै गरेको ट्रक आज विहान अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए दुर्घटनामा परि ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका बस्ने ३३ बर्षीय सुदिप घलान, सोहि स्थानका २५ बर्षीय निकेश खड्का, सहचालक १७ बर्षीय अनोज लामा ३७ बर्षीय राजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले घटनास्थलबाट शव निकाल्ने काम गरिरहेको उनले बताए  

सम्बन्धित समाचार