२०८३ बैशाख १८ गते , शुक्रबार

हराइरहेको तारा एयरमा एकै परिवारको सात जना सवार

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १६ गते , सोमबार
हराइरहेको तारा एयरमा एकै परिवारको सात जना सवार

काठमाण्डौ हिजो बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज हिजो बिहानदेखि सम्पर्कविहीन सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको भने  गाउँमा नै चिन्तित भएका छन्

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको

सम्बन्धित समाचार