२०८३ बैशाख १८ गते , शुक्रबार

जेठ २१ गते साकेला सिली समापन हुने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १३ गते , शुक्रबार
जेठ २१ गते साकेला सिली समापन हुने

दमक किरात राई यायोक्खा झापाको आयोजनामा जेठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति स्थानीय अगुवाहरुसँग बैठक बसेर कार्यक्रमको तयारी सुरु गरेको

साकेला उभौलीको अवसरमा बैशाख पूर्णीमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई किराया जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय समापन हुँदै आएको सो कार्यक्रम कमल गाउँपालिका वडा नम्बर को संगमस्थल साकेला चौक सितापुरी उत्तर जिल्ला साकेला थान धार्मिक वनमा हुँदै आएको

झापा जिल्ला भरीका गाउँनगर तथा वडा समितिहरुको साकेला सिली प्रदर्शन साथै इलाममोरङ भारत बाघडोग्राबाट समेत साकेला टोली सहित कार्यक्रममा सहभागी हुने किराया झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए विगत वर्षहरुमा ३० देखि ३५ वटा साकेला सिली टोलीको सहभागिता रहदै आएको यस कार्यक्रममा यस पटक केहि साकेला टोली बढ्ने अनुमान गरिएको

कार्यक्रमलाई व्यवस्थित भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न वटा उपसमितिहरु बनाइएको किराया जिल्ला सहसचिव लिलाबहादुर राईले बताए कार्यक्रम मूल आयोजक समिति, स्वयवसेवक परिचालन, अतिथि सत्कार, मेला व्यवस्थापन उपसमिति लगायतको उपसमितिहरु गठन गरिएको राईले बताए

कार्यक्रममा साकेला सिली प्रदर्शन, विभिन्न विधामा अग्रज सफल व्यक्तित्वहरुलाई सम्मान साथै रोटेपिङ, ड्रागन, नाउ लगायतको खेल तमासा समेत रहने मेला व्यवस्थापन समितिका सदस्य जिवन राईले बताए नेपालको प्रचलित कानूनको अधिनमा रहेर खेलहरु खेलाइने राईले बताए

साकेला सिली प्रतिको बढ्दो मोहलाई मध्यनजर गर्दै यस पटक कार्यक्रम व्यवस्थापनमा समेत ध्यान दिइएको किराया जिल्ला सदस्य सुशिल राईले बताए करिब देखि हजार मानिहरुले अवलोकन गर्दै आएको यस कार्यक्रम कोरोना पछिको पहिलो कार्यक्रम भएकोले कार्यक्रममा सहभागिता संख्या बढ्ने अनुमान गरिएको उनले बताए

सम्बन्धित समाचार