२०८३ बैशाख १८ गते , शुक्रबार
जन्म दिनको उपलक्ष्यमा माया घरमा खाध्यान्न वितरण
बिर्तामोड । सुनसरीको इटहरीस्थित माया घर नेपालमा खाध्यान्न वितरण गरिएको छ । इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिकी अध्यक्ष तिलोत्तमा खत्रीले आफ्नो जन्म दिनको उपलक्ष्यमा खाध्यान्न वितरण गरेकी हुन ।
खत्रीले माया घरमा रहेका १६१ सहाराबिहिन मानिसहरुलाई खाजा तथा खानाको लागि २१ हजार रुपैयाँ बराबरको खाध्यान्न वितरण गरेकी हुन । खत्री खाध्यान्न वितरण गर्न श्रीमान प्रमोद कार्कीसहित माया घर पुगेकी थिइन । जन्म दिनमा गरिने पार्टीको फजुल खर्च कटाएर माया घरमा आश्रीत ब्यक्तिहरुलाई खाना खुवाउन पाएकोमा खुसी लागेको खत्रीले बताइन ।