बसको ठक्करबाट दुई जनाको मृत्यु
बिर्तामोड । झापाको धरमपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ७:३० बजे शिवसताक्षी-१ स्थित कमल पुल नजिकै भएको दुर्घटनामा परि जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत पथरिशनिश्चरे-८ मोरङका २५ बर्षीय प्रहरी जवान प्रकाश राई र जिल्ला भोजपुर षडानन्द नगरपालिका ८ बस्ने २३ बर्षीय टिचोहाङ राईको मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ ख ७१८७ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१-०२-०४०प ७१४९ नम्बरको मोटसाईकललाई ठक्कर दिँदा भएको दुर्घनामा परि दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
बस, मोटरसाइकल र बस चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका २ बस्ने बर्ष ४५ को टेकबहादुर पुरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको उनले बताए ।
सच्याइएको
यस अघिको समाचारमा दुई जना प्रहरी जवान भएकोमा सच्याइएको छ ।