२०८३ बैशाख १८ गते , शुक्रबार
हात्तीको आक्रमणबाट एक महिला घाइते
बिर्तामोड । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक जना महिला घाइते भएकीमेचीनगर-९ बस्ने झुमा भनिने वसन्ती दनुवार घाइते भएकी हुन ।
सोमबार दिउँसो १२:५५ बजे थोप्लेविरान सामुदायिक्वनमा घाँस काट्न गएकी दनुवारलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आक्रमणबाट पेट तथा शरीरको विभिन्न भागमा चोट लागेको दनुवारको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भैरहेको जिप्रका झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।