२०८३ बैशाख १८ गते , शुक्रबार

भूमि आयोगद्वारा जग्गा धनीपूर्जा वितरण शुरु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २२ गते , मंगलबार
भूमि आयोगद्वारा जग्गा धनीपूर्जा वितरण शुरु

गौरादह झापामा राष्ट्रिय भूमी आयोगले जग्गा धनीपूर्जा वितरण शुरु गरेको आयोगले गौरादहमा मङ्गलबार आयोजित एक कार्यक्रमका बिच धनीपूर्जा वितरण गरेको हो
राष्ट्रिय भूमि आयोग झापाले जिल्लामा पहिलो पटक गौरादह नगरपालिकाको समन्वयमा नम्बर वडाका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरेको हो
आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डेका अनुसार आयोग गठन भएपछि जिल्लामा पहिलोपटक गौरादह का अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरि कामलाई तीव्रता दिएको हो


आयोगले अब भने स्थानीय तहको निर्वाचनपछि मात्र जिल्लाको बिर्तामोड, बुद्धशान्ति, मेचीनगर लगायतका स्थानहरूमा जग्गा धनीपूर्जा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष पाण्डेले बताए
यस अघि पटकसम्म धनीपूर्जा पाएर पनि नक्शा उपलव्ध हुन नसक्दा समस्यामा रहेका गौरादह नगरपालिका वडा नं. का गरी हजार धेरै घर परिवारलाई लक्षित गरी धनीपूर्जा वितरण शुरु गरिएको राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले बताए खड्काले यस पटक वितरण गरेको धनीपूर्जा नापी मालपोत सहितको टोलीले क्षेत्रगत लागत संकलन गरेर तयार गरेकाले अब जग्गा भएरपनि सुकुम्बासी जस्तै बसोबास गर्नेलाई यो ऐतिहासिक खुशीको दिन भएको दावी गरे उनले केहि विपक्षी दलका नेताहरुले नक्कली धनीपूर्जा वितरण गर्न लागेको भन्दै जनतासम्म भ्रामक हल्ला फिँजाएकाले आफूले धनीपूर्जामा सही गर्ने मालपोत तथा नापी कार्यालयका प्रमुखहरुलाई समेत कार्यक्रममा सहभागी गराएको बताए
उनले यस अघि वितरण गरिएको धनीपूर्जा बतासे भएकाले जग्गा धनीपूर्जा भएर पनि कुनै कारोवार गर्न नसकिएको बताए अब देशभरका सुकुम्बासी तथा भूमी सम्बन्धी समस्यामा रहेकाहरुलाई क्रमश पूर्जा वितरण गर्दै लाने बताए
आयोगका केन्द्रीय उपाध्यक्ष नरेन्द्र खड्का, गौरादह नगर प्रमुख रोहितकुमार साह लगायतले त्यहाँका मेघराज पौडेलसहितका जग्गाधनीलाई पूर्जा हस्तान्तरण गरेका थिए
धनीपूर्जा वितरण कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमकुमार थेवे, गौरादहकी उपमेयर गीता भेटवाल,आयोगका सदस्यहरु, जनप्रतिनिधि, मालपोत तथा नापी कार्यालयका प्रतिनिधि तथा वडाबासीहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार