२०८२ जेष्ठ ३२ गते , शनिबार

गीत

sajilo news
परिवेश मिडिया
२०७८ माघ १५ गते , शनिबार
गीत

गीत

दिलको चोट दिलैमा कसैलाई दिन्न

त्यसैले देखिँदैछु अरु भन्दा भिन्न

 

चोइटिएको कलेजीमा बेदनाले जलिरह्यो

धरहरा बिश्वासको छिनमै फेरि ढलिरह्यो

नरोकिँदा अश्रुधारा मन भयो खिन्न

त्यसैले देखिँदैछु अरु भन्दा भिन्न

 

ऐना हेर्दा तिम्रै बिम्ब देखिराछु आँखाभरि

चोइटिएको कलेजीमा बेदनाले जलिरह्यो

तिम्रै नाम कोरिसकें मुटुमै चिन्न

त्यसैले देखिँदैछु अरु भन्दा भिन्न

मोहन अर्याल 'परन्तु कोल्बुङ्ग इलाम, हाल बिर्तामोड , कालिकानगर झापा

सम्बन्धित समाचार