२०८३ कार्तिक २६ गते , विहीबार
२४सै घण्टा देउसी खेल्न पाइने
बिर्तामोड । यो वर्ष २४सै घण्टा देउसी खेल्न पाइने भएको छ। यसअघि रातको समयमा निश्चित समयसम्म देउसी खेल्न पाइने भएपनि यो वर्ष भने चौबिसै घण्टा देउसी खेल्न पाइने भएको हो।
गृह मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरी २४सै घण्टा देउसी खेल्न दिन अनुरोध गरेको छ । गृह मन्त्रालयले नेपाली मौलिक कला संस्कृतिलाई प्रोत्साहन दिने तथा सामाजिक सद्भावको संरक्षण हुनेगरी अनुशासित रूपमा चौबीसै घण्टा देउसी सञ्चालन गर्न दिन सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ । साथै देउसी भैलो पूर्णरूपमा स्वेच्छिक तथा मर्यादित रूपले सञ्चालन गर्न दिन र कसैलाई जबरजस्ती चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।