२०८२ जेष्ठ ३२ गते , शनिबार

अभिनेत्री नीताको निर्देशनमा फिल्म निर्माण हुने

sajilo news
परिवेश मिडिया
२०७८ पौष १ गते , विहीबार
अभिनेत्री नीताको निर्देशनमा फिल्म निर्माण हुने

काठमाण्डौ बाल्यकालदेखि नै अभिनयमा सक्रिय रहेकी अभिनेत्री नीता ढुंगानाले आफ्नो करिअरमा तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् लिड अभिनेत्रीको रुपमा अभिनय गरेका प्रायः फिल्म बक्सअफिसमा असफल भए पनि अभिनय राम्रो गर्ने भएकाले उनी आजका दिनसम्म कामविहीन भएर घरमा बस्नु परेको छैन म्यूजिक भिडियोमा पनि उनको उस्तै राम्रो माग

 नीताले आफूलाई अभिनयमा मात्र सीमित राखेकी छैनन् उनले एक गणेश भजनश्री गणेशमा स्वर दिइसकेकी छन् भने अर्को एक भजन गीतजय जय निलकण्ठको म्यूजिक भिडियोलाई उनले निर्देशन गरेकी थिइन् उनले युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको एक शोको पनि निर्देशन गरेकी छन् उनले चाँडै वेब सिरिजश्रीमद्भगवत गीताको पनि निर्देशन गर्दैछिन्

नीताले अब फिल्म निर्देशनमा डेब्यू गर्ने तयारी समेत थालेकी छन् तर, ‘श्रीमद्भगवत गीतावेब सिरिजभन्दा अगाडि वा पछाडि फिल्म गर्ने भन्ने विषयमा छलफल उनले बताएकी छन् नीता फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको बताइएको श्रीमद्भगवत गीताको काममा ढिलाई हुने अवस्था आए फिल्मको काम सुरु गर्ने नीताको तयारी

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा हरिहर अधिकारीले आफूलाई नीताको निर्देशनमा फिल्ममा काम गर्ने इच्छा रहेको बताए नीताले पनि आफूले निर्देशन गर्ने फिल्ममा हरिहर अधिकारी हिरो हुने सम्भावना रहेको बताएकी छन् पछिल्लो समय फिल्म क्षेत्रमा यो जोडीको प्रेम सम्बन्धको चर्चा चलिरहेको तर, दुवैले यो कुरामा कुनै सत्यता नभएको दाबी गर्दै आएका छन्

सम्बन्धित समाचार