२०८२ जेष्ठ ३२ गते , शनिबार

चर्चाको लोभमा प्रेम सम्बन्ध स्विकार गर्दैनन कलाकार

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ११ गते , शुक्रबार
चर्चाको लोभमा प्रेम सम्बन्ध स्विकार गर्दैनन कलाकार

नायिका नीता ढुंगाना कलाकार तथा ज्योतिष हरिहर अधिकारी एक बर्ष भन्दा लामो समयदेखि प्रेम सम्बन्धमा छन् नीता हरिहरको प्रेम सम्बन्ध दर्शक तथा चलचित्रकर्मी मिडियामाझ लुकेको छैन तर, यो जोडीले आजसम्म प्रेममा रहेको खबरलाई स्विकार भने गरेको छैन

नीता हरिहरले आज पनि आफूहरुलाई मिल्ने साथी भन्छन् प्रेम सम्बन्धमा रहेको एक बर्ष बढी भैसक्दा पनि यो जोडीले साथी मात्र भन्नुको कारण फ्यान क्रेज कम हुन्छ भनेर होइन बरु, प्रेममा रहेको स्विकार गर्दा मिडिया हाइप कम हुने दर्शकका लागि रहस्य केही पनि नरहने वुझाई उनीहरुको

केही समय पहिलेसम्म कलाकारहरुले प्रेम सम्बन्ध सार्वजनिक गर्दा फ्यान क्रेज कम हुने डरमा बस्ने गर्दथ्य तर, अहिले कलाकारहरु मिडियाको हेडलाइनमा सधैभरी छाउनका लागि प्रेममा रहेर पनि स्विकार गर्दैनन्

कलाकार राज कटुवाल नायिका वर्षा सिवाकोटी केही महिनादेखि प्रेममा छन् तर, प्रेममा रहेर पनि यो जोडी साथी मात्र भएको बताउँछन् वर्षाले आफू अहिलेसम्म प्रेममा नै नरहेको सबै हल्ला मिडियाले अड्कलबाजीको भरमा गरिदिएको तर्क प्रस्तुत गर्छिन्

नायिका पूजा शर्मा नायक आकाश श्रेष्ठको प्रेम चर्चा पनि करिब बर्ष चल्यो बर्ष प्रेम सम्बन्धको चर्चा चल्दा यो जोडीले साथी भन्दा माथिको सम्बन्ध रहेको कहिल्यै स्विकार गरेन तर, बर्षसम्म यी दुइको चर्चा एक अर्कासँग जोडिएर नै भयो जसलेगर्दा, उनीहरु सधै नै मिडियाको केन्द्रमा रहन पुगे


नायिका पूजा शर्मा विगत केही महिनादेखि युद्ध बाँनिया नाम गरेका व्यापारीको प्रेममा छिन् युद्ध पूजाले पनि प्रेममा रहेको स्विकार गरेका छैनन् बरु, पूजाले युद्ध आफ्नो मिल्ने साथी भएको मात्र प्रतिक्रिया दिने गरेकी छिन्

नायिका मलिका महत्त मोडल कुन्साङ बोमजम केही महिनादेखि प्रेममा छिन् उनीहरु, सार्वजनिक कार्यक्रममा पनि एक अर्कासँगै निक्कै नजिकको व्यवहार देखाउँछन् तर, पनि दुबैको भनाई अन्य कलाकारको जस्तै आफूहरु मिल्ने साथी रहेको एक अर्कालाई वुझिरहेको तर्क उनीहरु गर्छन्

नेपाली चलचित्रका थुप्रै कलाकारहरु प्रेममा रहेर पनि यसलाई स्विकार गर्न रुचाउँदैनन् प्रेम स्विकार गर्दा दर्शक तथा मिडियाका लागि रहस्य कम हुने यसले चर्चा नहुने वुझाई उनीहरुको

 

सम्बन्धित समाचार