२०८२ जेष्ठ ३२ गते , शनिबार

पत्रकार सिग्देलको ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
पत्रकार सिग्देलको ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित

झापा । झापाली पत्रकार तीर्थ सिग्देलद्वारा लिखितमनको कैदीकथासङ्ग्रह प्रकाशित भएको उनको यो पाँचौँ कृति हो  

कथा, निबन्ध नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो विसं २०७६ मा मनोनेट कथासङ्ग्रहबाट उनले कृति लेखन कार्य शुरु गरेका छन्


मनको कैदी मनको परिधिभित्र लेखिएको कथासङ्ग्रह हो भन्दा फरक पर्दैन

 

पुस्तकमा सङ्गृहीत १३ वटा कथा सबै नै मनोवैज्ञानिक शैलीका छन् मान्छेका मनमा उर्लिएका भावना विचारको मेल नै यो कथा सङ्ग्रहको सार हो मान्छे नबुझी कथा लेख्न सकिन्न मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख्ने लेखकले मनको कैदी पुस्तकमा अनौठो प्रयोग गरेका छन्

त्यहाँ समेटिएकोउर्लंदो समुद्र भावनाशीर्षकको कथाको तीन भाग , जसलाई नेपाली साहित्यमा अलग्गै प्रयोगका रूपमा लिइएको उनको दाबी मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने बुझाउने प्रयोगात्मक शैली यसमा अपनाइएको  

उनको यसअघि प्रकाशित मनोनेट कथासङ्ग्रह पनि त्यही मनको सिद्धान्तमा आधारित थियो त्यो किताबले धेरै मान्छेको मन जित्यो उहाँको यस कृतिमा पनि मनोनेट शैली नै झल्किन्छ तर अर्को रूपमा

लेखक भन्छन्, ‘खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाको प्रकटीकरण उनकोे लेखाइको मूल पक्ष हो

सम्बन्धित समाचार