२०८३ मंसीर १० गते , विहीबार

भद्रपुर अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सकलाई स्वागत

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर १० गते , विहीबार
भद्रपुर अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सकलाई स्वागत

बिर्तामोड । प्रादेशिक अस्पताल भद्रपुरमा तीन जना विशेषज्ञ डाक्टरलाई स्वागत गरिएको छ । अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप गुणस्तरीय, विशिष्टीकृत र प्रभावकारी बनाउने उद्देश्यका साथ अति विशिष्ट विशेषज्ञ चिकित्सकहरू डा. अन्जल बिष्ट, डा. जयराम लामिछाने र डा. मनोज अर्याललाई स्वागत गरिएको हो ।

विष्ट हर्मोन तथा मधुमेह रोग विशेषज्ञ, लामिछाने नसा तथा मस्तिष्क रोग विशेषज्ञ र अर्याल मिर्गौला रोग विशेषज्ञ हुन् ।

उनीहरुलाई अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्जयकुमार गुप्ता लगायतले स्वागत गरेका थिए ।

 

सम्बन्धित समाचार