२०८३ मंसीर ९ गते , बुधबार

सिम्रिक साकोसले गर्यो भवन शिलान्यास

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर ९ गते , बुधबार
सिम्रिक साकोसले गर्यो भवन शिलान्यास

बिर्तामोड । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण गर्ने भएक ओके छ । साकोसले बिहीबार भवनको शिलान्यास गरेको हो । 
६ करोडको लगानीमा निर्माण सम्पन्न गर्ने गरी बिर्तामोड-४ स्थित हर्कलाल मार्गमा संस्थाका अध्यक्ष सुवास भट्टराई ,संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, संस्थाका सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट लगायतले संयुक्त रूपमा आज बिहान भवन शिलान्यास गरेका छन् ।
दुई कठ्ठा १६ धुर जग्गामा लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण गरिने संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।  चारतले सो भवनमा पहिलो तला व्यावसायिक प्रयोजनका लागि लगाइने भएको छ । त्यस्तै दोस्रो तलामा प्रशासन, तेस्रो तलामा समिति र उपसमितिहरु र चौथो तलामा हल निर्माण गरिने छ । भवन १८ महिनामा निर्माण सम्पन्न गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

 

सम्बन्धित समाचार