२०८३ कार्तिक २५ गते , बुधबार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक १७ गते , मंगलबार
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु

झापा । सोलुखुम्बुको फेरिचेमा आज बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 
प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको घटनास्थलमै मृत्यु भएको हो । 
मृतक कुन देशका नागरिक हुन भन्ने अहिलेसम्म पहिचान नखुलेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए ।
एक जना घाइते भएका छन् । घाइतेको प्रभु एयरको हेलिकोप्टरबाट रेस्क्यु गरिएको थापा मगरले बताए । उनलाई लुक्लामा रहेको अस्पतालमा पुर्‍याइएको छ ।
दुई हेलिकोप्टर ल्याण्डिङ गर्ने क्रममा पङ्खा ठोकिएर दुर्घटना भएको हो ।

 

सम्बन्धित समाचार