२०८३ भाद्र २९ गते , सोमबार

रास्वपाको केन्द्रिय सदस्य भन्दै धम्की दिने पक्राउ, कसैलाई हानी पुगेको भए सम्पर्क गर्न प्रहरीको आग्रह

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २९ गते , सोमबार
रास्वपाको केन्द्रिय सदस्य भन्दै धम्की दिने पक्राउ, कसैलाई हानी पुगेको भए सम्पर्क गर्न प्रहरीको आग्रह

बिर्तामोड । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्ने झुठो परिचय दिँदै धाकधम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हल्दिबारी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २६ को सुजन विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
विश्वकर्माले सरकारी कार्यालय, संघसंस्थाको बैठकस्थल तथा विभिन्न शैक्षिक संस्थाहरूमा प्रवेश गर्ने एवम् दबाब तथा धाक धम्की दिने गरेको प्रहरीले जनाएको छ ।
झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिए ।
विश्वकर्माले कसैलाई झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि नोक्सानी पुर्याएको भए सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार