२०८३ भाद्र २६ गते , शुक्रबार
उद्योग मन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा
बिर्तामोड । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् । मन्त्री यादवले कर्मचारी उद्योगीको पकडमा रहेको र काम गर्नै नदिएको गुनासो समेत गर्दै आएकी थिइन् ।
उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।