२०८३ भाद्र १९ गते , शुक्रबार

बाढी पीडितलाई हिमालयनको ५१ लाख सहयोग, अभिकर्ताहरुले पनि रकम संकलन गर्दै

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १९ गते , शुक्रबार
बाढी पीडितलाई हिमालयनको ५१ लाख सहयोग, अभिकर्ताहरुले पनि रकम संकलन गर्दै

झापा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्घार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हिमालयन लाइफका अध्यक्ष नारायण बजाजले उक्त ५१ लाख रुपैयाँको सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सहयोग रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्रकुमार खेतानको उपस्थिति थियो।
देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै हिमालयन लाइफले उक्त सहयोग उपलब्ध गराएको हो।
हिमालयन मा कार्यरत अभिकर्ताहरुलेसमेत सहयोग रकम संकलन गरिरहेका छन् । उनीहरुले पेशागत अभिकर्ता संघमार्फत रकम हस्तान्तरणको तयारी गरिरहेको पेशागत अभिकर्ता संघ नेपाल हिमालयन बिमकका अध्यक्ष रेशम गौतमले जानकारी दिए ।
यस अघि हिमालयमा कार्यरत कर्मचारीहरुले राहत सामाग्री हस्तान्तरण गर्नुका साथै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । 

सम्बन्धित समाचार