२०८३ भाद्र १९ गते , शुक्रबार

बाढीका कारण १२५२ जनाको शव फेला, ४२१६ जना बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १८ गते , विहीबार
बाढीका कारण १२५२ जनाको शव फेला, ४२१६ जना बेपत्ता

झापा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाएको हो ।
प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार  गरिएको छ ।
बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।

सम्बन्धित समाचार