२०८३ श्रावण १० गते , आईतबार
नेकपाको गाउँ तथा नगरमा एकता बैठक धमाधम हुँदै
बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टीले झापाको गाउँ तथा नगरमा एकता बैठक गरिरहेको छ । पार्टीको जिल्ला एकता भेला सकिएसँगै धमाधम गाउँ तथा नगर बैठक गर्न शुरू गरेको हो ।
आइतबार कनकाई नगरको एकता बैठक तथा प्रशिक्षण सम्पन्न गरेको जिल्ला सहइन्चार्ज सीपी कडरियाले जानकारी दिए। कनकाईमा ७५ सदस्यीय समिति गठन गर्नुका साथै सपथग्रहण समेत सम्पन्न गरेको छ ।
यस अघि शनिबार (हिजो) मेचीनगरमा १०५ सदस्यीय समिति गठन गरेको थियो ।
श्रावण १३ गते बुद्धशान्ति, १४ गते बिर्तामोड, १६ शिवसताक्षी, भद्रपुर र हल्दिबारीको एकैदिन बैठक राखिएको जिल्ला संयोजक खड्ग तिम्सिना (पवन)ले जानकारी दिए।