अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश, असार २८ गते खेल हुने
झापा । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो ।
नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो ।
त्यस्तै कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
अर्जेन्टिनाले र स्विट्जरल्यान्डसंग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिना भर्सेस स्विट्जरल्यान्डको क्वाटरफाइनल खेल असार २८ गते विहान ६:४५ बजे कान्सास सिटी स्टेडियममा हुने छ ।