२०८३ असार २२ गते , सोमबार

रास्वपा नेताले समेत भेट्न पाएनन् गृहमन्त्री गुरुङलाई

sajilo news
परिवेश मिडिया
२०८३ असार २२ गते , सोमबार
रास्वपा नेताले समेत भेट्न पाएनन् गृहमन्त्री गुरुङलाई

बिर्तामोड राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहमन्त्री बनेका सुधन गुरुङ आइतबार झापा आएका छन् जिल्ला आएका गृहमन्त्री गुरुङलाई रास्वपाका जिल्ला नेताहरुसँग समेत भेट नगरेको पाइएको

आइतबार साँझ झापा आएका गुरुङ अर्जुनधारास्थित सालबारी हेरिटेज भिल्लामा बसेका छन् तर, जिल्ला आउँदासमेत गुरुङले आफ्नै पार्टीका नेताहरुलाई समेत नभेटेको रास्वपाका एक नेताले बताए पार्टीको जिल्ला नेतृत्वसँग समन्वय नगरी आउनु भएको रहेछ, जिल्ला सभापतिको नगरमा आउँदासमेत भेट हुन पाएको छैन, उनले भने, आफ्नो नेता जिल्ला आउँदा स्वागत गर्ने मन सबैको हुन्छ तर, पाइएन

उनीहरुले सोमबार बिर्तामोडमा केहि दिन अघि टिपरको ठक्करबाट मृत्यु भएकी अनुकृति चापागाईको परिवारलाई गृहमन्त्रीसँग भेट गराउने प्रयत्न गरेपनि सफल हुन सकेनन्

सीमानाकाबाट हुने अवैध गतिविधीको छड्के अनुगमन गर्न सुटुक्क शुक्रबार मोरङ आएका गृहमन्त्री गुरुङ मोरङ, सुनसरी धनकुटा पुगेर आइतबार साँझ झापा आएका हुन् सोमबार मेचीनगर, बुद्धशान्ति लगायतका क्षेत्रहरुमा पुगेर प्रहरी प्रशासनलाई केहि निर्देशनसमेत दिएका गुरुङ सोमबार झापा नै बस्ने प्रहरी स्रोतको भनाई

 

 

सम्बन्धित समाचार