'लिफ्ट' दिने बहानामा लुटपाट प्रयास
बिर्तामोड । झापाको कनकाईमा मोटरसाइकलमा घर पुर्याइदिन्छु भन्दै लुटपाट प्रयास भएको छ । लुटपाटमा संलग्न भएको भन्दै कनकाई ४ कोटिहोम बस्ने २२ वर्षीय जीवन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ ३० गते बेलुका अन्दाजी ७:४४ बजे कनकाई ३ टप्पु चौक बस्ने अन्दाजी बर्ष ५० की बिमला लिम्बु भुजेललाई घर पुर्याई दिन्छु भनि मे.४ प ८८३ नम्बरको मोटरसाइकलमा चढाई कनकाई १ र २ को सिमाना रहेको बाघे खोलाको पुलमा लगेर भुजेलको कानमा लगाएको सुनको मुन्द्रा खोली रहेको भन्ने खबर प्राप्त हुनासाथ गएको इलाका प्रहरी चौकी सुरुङगाको प्रहरी टोलीले जिवन तामाङलाई स्थानियले कुटपिट गर्दा घाइते भएको अवस्थामा सुनको मुन्द्रा थान २, ओपो मोबाईल थान १ र तीन हजार नगद सहित पक्राउ गरेको थियो । पक्राउ परेका तामाङलाई कनकाई नगर अस्पतालमा उपचार गरी प्रादेशिक अस्पताल भद्रपुरमा थप उपचार पश्चात् इलाका प्रहरी कार्यालय अनारमनी ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।