२०८३ जेष्ठ १० गते , आईतबार
४५ राउन्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित दुई जना पक्राउ
झापा । प्रहरीले ४५ राउन्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका- ९, गोंगबु शिव मन्दिरस्थित काबेली गेस्ट हाउसबाट उनीहरूलाई पक्राउ गरिएको हो।
शंका लागेर चेकजाँज गर्दा सप्तरी राजविराज नगरपालिका वडा नम्बर १३ का २७ वर्षीय खगेन्द्र शर्मा र काठमाडौं महानगरपालिका- ३२स्थित नरेफाँटका शंकर गुप्तालाई ४५ राउन्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।