२०८३ जेष्ठ ९ गते , शनिबार

देवभूमिका विद्यार्थीलाई वित्तीय साक्षरता शिक्षा

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ८ गते , शुक्रबार
देवभूमिका विद्यार्थीलाई वित्तीय साक्षरता शिक्षा

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ५ स्थित देवभूमि विद्यापीठ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । शुक्रबार विद्यालयका विद्यार्थीहरूलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो ।
विद्यार्थीहरूलाई कसरी सानै उमेरदेखि बचत गर्ने र सोको परिचालन गरी धन कमाउने भन्ने विषयमा जानकारी दिइएको आयोजक संस्था ट्रस्ट टिम नेपालका अध्यक्ष खिवराज दाहालले जानकारी दिए ।
विद्यालय उमेरदेखि नै बचत गर्ने बानी बस्यो भने सानोसानो बचतले भविष्यमा ठूलो आर्थिक उपार्जन गर्न सकिने विद्यालयका सञ्चालक सुमन शर्मा जमरकट्टेलले बताए ।
ट्रस्ट टिम नेपालका अध्यक्ष दाहालले सहजीकरण गरेको कार्यक्रम सदस्य सञ्जय शर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका महासचिव सागर रिजाल, सदस्य बद्री भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार