२०८३ जेष्ठ १ गते , शुक्रबार

गोली प्रहार गरी हत्याका अभियुक्त पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ३१ गते , विहीबार
गोली प्रहार गरी हत्याका अभियुक्त पक्राउ

झापा कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीलाई गोली चलाएर पक्राउ गरेको

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विपिन घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरेको हो

प्रहरीले नियन्त्रणमा लिने क्रममा फरार भएका उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरी स्रोतले बताएको गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पठाइएको

यो घटनामा संलग्न भएको आरोपमा यसअघि प्रहरी वृत्त कीर्तिपुरको टोलीले २३ वैशाखमा तीन जनालाई पक्राउ गरेको थियो त्यतिबेला अछामको साँफेबगर नगरपालिका घर भई कीर्तिपुर नगरपालिका भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी कैलालीकै घोडाघोडी नगरपालिका घर भई कीर्तिपुर नगरपालिका सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट पक्राउ परेका थिए

उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यानको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको तर हत्याका मुख्य अभियुक्त शाही भने घटना लगत्तै फरार थिए उनको खोजी गरिहेको प्रहरीले टोखा एरियामा फेला पारेपछि नियन्त्रण लिन खोज्दा उनी फरार भएका थिए

यो समूहले २३ वैशाखमा दिउँसो साढे बजेतिर कीर्तिपुर नगरपालिका१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप

धारिलो हतियार हतियार प्रहारपछि घिमिरे भुईंमै ढलेका थिए कीर्तिपुर अस्पताल पु¥याइएकोमा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए

हत्या गर्ने मारिने साथीसाथी रहेको प्रहरीको भनाइ उनीहरूबीच विवाद बढेपछि धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो

घटनास्थलको सीसीक्यामेरा फुटेजमा जनाको समूह देखिन्छ तीमध्ये एक जना (विपिन)को हत्या हुन्छ घटनास्थलमा हुनेहरूमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति समेत देखिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार