२०८३ बैशाख २३ गते , बुधबार

भारतीय नम्बरको एम्बुलेन्समा गाँजा तस्करी, दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २३ गते , बुधबार
भारतीय नम्बरको एम्बुलेन्समा गाँजा तस्करी, दुई जना पक्राउ

बिर्तामोड सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको एम्बुलेन्समा सवार दुई जना पनि पक्राउ परेका छन्

प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको हो

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन्

एम्बुलेन्सको प्रयोग गरेर भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीले जनाएको पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार