२०८३ बैशाख १४ गते , सोमबार

काँकडभिट्टा नाकाबाट ७६४२ पर्यटक भित्रिए

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १३ गते , आईतबार
काँकडभिट्टा नाकाबाट ७६४२ पर्यटक भित्रिए

बिर्तामोड पूर्वी नाका काँकडभिट्टाबाट विभिन्न देशका हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्षको महिनामा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन्

साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन् उक्त अवधिमा चार हजार १५४ जना भुटानी पर्यटक नेपाल आएका छन्

भुटानपछि अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया बेलायतका पर्यटक धेरै संख्यामा नेपाल आएका कार्यालयको अभिलेखमा उल्लेख अमेरिकाबाट एक हजार ६१२, थाइल्यान्डबाट ५२५, अस्ट्रेलियाबाट २२९ बेलायतबाट १८२ जना नागरिक नेपाल घुम्न आएका कार्यालयका प्रमुख भट्टराईले बताए नेपाल आउने पर्यटकले लुम्बिनी, पोखरा, काठमाडौँ, चितवन, गोर्खालगायत प्रमुख पर्यटकीयस्थल जाने बताउने गरेको उनले जानकारी दिए

आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन् सोही अवधिमा काँकडभिट्टा नाका भएर हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्यांक

२०८१÷८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए चालु आवको सोही अवधिमा आगमन भएका पर्यटकको संख्यामा ४२८ ले कमी आएको

चालु आवको चैत महिनामा यो नाका भएर एक हजार जना पर्यटक नेपाल प्रवेश गरेको एक हजार ५४३ जना प्रस्थान गरेको कार्यालयले जनाएको यस अवधिमा हजार ६९१ वटा पर्यटक भिसा, एक सय २४ वटा नातेदार भिसा, २६ वटा वैवाहिक भिसा ३६ वटा गैरआवासीय भिसा जारी गरिएका छन् भिसा जारी गरेबापत दुई करोड ८० हजार ५२० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको

सम्बन्धित समाचार