२०८३ बैशाख ३ गते , विहीबार
शिवसताक्षीमा फेला पर्यो नवजात शिशुको शव, एक किशोरी पक्राउ
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा एक जना नवजात शिशुको शव फेला परेको छ । बुधबार राति ९ः५० बजे शिवसताक्षी ३ स्थित भोटेपुलमुनि सो शव फेला परेको हो ।
शवको कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनामा संलग्न भएको आशंकामा एक जना १६ बर्षीया किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।