२०८३ बैशाख ३ गते , विहीबार

झापा ट्राफिकद्वारा १ करोड ६१ लाख बढी राजश्व संकलन

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २ गते , बुधबार
झापा ट्राफिकद्वारा १ करोड ६१ लाख बढी राजश्व संकलन

बिर्तामोड जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले करोड ६१ लाख ८२ हजार ५३६ रुपैँया राजश्व संकलन गरेको ट्राफिक  प्रहरीले चैत्र मसान्तसम्ममा सो राजश्व संकलन गरेको हो

ट्राफिक प्रहरीले १६७५८ वटा सवारी साधनलाई गरेको कारबाहीबाट सो राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए

जेनजी आन्दोलन पछाडी प्रहरीले असोज महिनामा सबैभन्दा कम २७१ वटा सवारी कारबाहीबाट लाख ८० हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको   भने साउन महिनामा २५६४ वटा सवारी साधनलाई गरेको कारबाहीबाट २४ लाख ६५ हजार ५३१ रुपैँया राजश्व संकलन गरेको

सबैभन्दा बढी कारबाही गरिएको सवारीमा मोटरसाइकल रहेको सो अवधिमा ३५१६ वटा मोटरसाइकल  कारबाहीमा परेका छन् त्यस्तै सबैभन्दा कम कारबाहीमा पर्ने सवारी साधनमा टिपर रहेको सो अवधिमा ६४ वटा टिपरलाई कारबाही गरिएको कार्यालय प्रमुख राईले जानकारी दिए

चालु आवको महिनाको अवधिमा झापामा बालक १० जना महिलासहित ४३ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका छन्  

 

सम्बन्धित समाचार