२०८३ बैशाख १८ गते , शुक्रबार

सत्ताको खराब नियत  र नेपाली सञ्चारको यथार्थ

sajilo news
राजेन्द्र गौतम
२०८२ भाद्र १९ गते , विहीबार
सत्ताको खराब नियत  र नेपाली सञ्चारको यथार्थ

आर्जनका हिसाबले पत्रकारिता दुःख र  योगदानका दृष्टिले अतुलनीय पेसा हो केही आस बचेको भने आममानिसको आस यसैमा अल्झेको तर, यो पेसा कहिल्यै शासकको नजरमा जचेन सधैं शासकको सास्तीमा चेपियो कतिपय अवस्थामा धुकधुकीले मात्रै अल्झियो जसको वर्णन गरिसाध्य छैन राणा हुन् कि राजा, कांग्रेस हुन् कि कम्युअनिष्ट जोख्दा तलमाथि, घटिबढी होलान् तर कसैसँग प्रेसको स्वतन्त्र अस्तित्व स्वीकार्न सक्ने तागत देखिएन, बाँकी रहेन सबैले अंकुश लगाउने भनेकै प्रेसलाई रहेछ सञ्चार जगतको टाउकोमा हमर हान्ने, सडकमा बजार्नेदेखि काखमा राखेर छुरा धस्नेसम्मका शासक नेपाली प्रेस जगतले बेहोरेको , बेहोर्दै

राणाहरुको पालामा के भयो उति खुट्ट्याएर भन्न सक्दिनँ, पढेको केही कुरा स्मरणमा रहे बाहेक बेलायत भ्रमण पछि जंगबहादुर राणाले काठमाडौमा गिद्देप्रेस स्थापना गरेको पढ्दा लाग्थ्यो, उनी अलिक उद्दार नै थिए कि !  तर, उनका बारेमा राम्रोभन्दा बढी खराब नै पढियो,धारणा त्यही बन्यो   भनिन्छ, इतिहास राजनीति सिधा रेखामा बहदैन बाङ्गो तरिकाले लेखेको इतिहास पढियो होला जंग्गबहादुरका बारेमा यस्तो धारणा बन्यो धारणा जे बनेपनि त्यो बेला प्रेस खोल्नु नेपाली प्रेस जगतका लागि एउटा उपलब्धी चाहिँ अवश्य नै हो

जेहोस्, उनी जहानियाँ राणा शासनको प्रवर्तक नै हुन् त्यही खुनका राणाहरुले आफूलाई हर्ताकर्ता सम्झनु तदअनुरुप चल्नु  अनौठो अस्वभाविक पटक्कै होइन   अहिलेका शासकको चेत हेर्दा लाग्छ, यिनीहरू जंगबहादुरका पनि  बाउ हुन् नत्र अहिले संविधान विरोधी सञ्चार कानुन कसरी बन्छ ? शासकले जवाफ दिन लायक सवाल हो, यो अहिले सञ्चार क्षेत्रमा अवलम्बन गरिएको नीतिले अर्को खास प्रश्न पनि उब्जाएको छ- त्यो होकांग्रेस एमालेको शक्तिशाली सरकार कसले चलाउँछ ? सरकार सञ्चालन गर्ने गुप्त कुनै शक्ति मानौँ यो सरकार थपना मात्रै हो अरु कसैले चलाउँछ , कहिँबाट परिचालित प्रेस विरोधी कानुन निर्माणको शृङ्खलाले जोकोहीलाई यो सोच्न बाध्य बनाउँछ

संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रताको परिकल्पना गरिएको   स्पष्ट लेखिएको ( प्रेस स्वतन्त्रता अहिलेका शासकले संविधानको प्रस्तावना पढेका  छैनन् होइन, अवश्य पढेका छन् तर, कानुन निर्माण गर्दा देशको मुलकानुनलाई बिर्सने, कुल्चने सर्वाङ्ग बलात्कार गर्ने नकाम किन गरिँदै सरकारले संसदमा पेस गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक कोशी प्रदेश सरकारको विधायन समितिले पारित गरेको सञ्चार विधेयक, यसअघि सरकारले बनाएको सूचना प्रविधि कानुन, स्वतन्त्र प्रेस विरुद्धका ज्वलन्त उदाहरण हुन् यी कानुन, विधेयक किन कुन मनसाय तथा प्रयोजनका साथ ल्याइन्छ, आएका हुन्, नेपाली प्रेस जगत रनभुल्लमा

गोरखापत्रको प्रकाशन (( साल वैशाख गतेबाट भएको इतिहास पढेका हामी कसरी राणा अनुदार थिए भन्न सक्छौँप्रारम्भमा गोर्खापत्र हप्ताको एक दिन प्रकाशन हुने क्रमले )) साल असोजसम्म निरन्तरता पायो पछि साताको दुई तीन पटक हुँदै )१७ साल फागुन बाट दैनिक भएको गोरखापत्रको इतिहास )१५ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर एकतन्त्रीय पञ्चायती व्यवस्थाका जन्मदाता महेन्द्र शाहको आँखाले  पनि प्रेसलाई राम्रै ढंगले हेरेको थियोे कि किनकि, गोरखापत्र महेन्द्रकै शासनकालमा दैनिक भएको हो   अहिलेका शासकले खराब भनेकै महेन्द्रले यो काम गरेका थिए तर, यो युगका शासक कस्तो कानुन बनाउँदै छन् ? नेपाली प्रेस जगत सोचमग्न यो विषय अहिलेका शासकको स्मरणमा अवश्य तर कर्म ठिक विपरीत

संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रता लेख्ने भाषणमा पूर्णप्रेस स्वतन्त्रताको कुरा गरेर नथाक्ने अहिलेका शासक किन कानुन ठिक उल्टो बनाउँदै छन् ? यो आममानिसलाई ताजुब लाग्ने विषय हो हिजो सक्रिय राजतन्त्रको निसानामा प्रेस पर्यो बाँकी केही राखिएन, बन्द गरियो भेटे सकेजति पत्रकारलाई खोरमा कोचियो माओवादीको शसस्त्र युद्धमा पनि सुराकीको बिल्ला भिराइयो थुप्रै पत्रकार मारिए, मारियो सत्य तितो हुन्छ-  चोखो कोही छैन राजा आए प्रेस आँखाको कसिङ्गर बन्यो, प्रेसलाई बन्धक बनाए माओवादी आए पत्रकार चलाए , मारे अहिलेको सरकार कानुन बनाएरै अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन चाहन्छ

अहिले कांग्रेस-एमाले सत्तामा छन् उनीहरू प्रेस विरोधी कानुन बनाउन कम्मर कसेर लागेका छन्  समाचार लेखेकै कारण फौजदारी अभियोग लाग्छ जेलनेल सहनु पर्छ सजाय भोग्नु पर्छ दण्ड जरिवाना तिर्नुपर्छ   यस्तो कानुन बनाउने खाँचो किन   कसरी पर्यो ? नेपाली पत्रकारले सडकमा नै उत्रेर पटकपटक सोधिरहनु परेको यो अन्त्यहीन सोधाइको अन्त्य कहिले हुन्छ? मुलुक एकतन्त्रीय जहानीय शासनबाट विश्वकै उच्चतम शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भइसक्यो तर, कानुन चाहिँ जहानीय शासकको भन्दा पनि निम्नकोटी तल्लो स्तरको किन ?

भनिन्छ, तानाशाहले सर्वप्रथम प्रेस नियन्त्रण गर्छ, कब्जामा लिन्छ यो  तानाशाही व्यवस्था सरकार तानाशाहको होइन। अहिलेको सरकार उदार लोकतन्त्रवादी कांग्रेस लोकतान्त्रिक आचारण अनुरुप रुपान्तरण  भएको एमालेको हो भाष्य जे खडा गरिए पनि यो सरकार कांग्रेस कम्युनिष्टको सहकार्यमा सम्भव भएको हो त्यसकारण पनि यो सरकारसँग धेरै अपेक्षा हुनु स्वभाविक तर, सरकार जनअपेक्षा विपरीत पटकपटक स्खलित भएको देखियो, सरकार प्रेसप्रति अनुदार रह्यो व्यवहारले होइन, कर्मले यो सिद्ध गर्यो कांग्रेस एमाले  सम्मीलित सरकारले निर्माण गरेका प्रेस सम्बन्धी कानुन सबै सधैं विवादित बने   सरकारको स्वरुप रूप सारमा भिन्न देखियो लोकतान्त्रिक सरकारको आचरण व्यवहारमा अघोषित तानाशाहको समान बन्यो, जो कल्पना बाहिर हो

नेपाली प्रेस जगत स्वच्छता चाहदैन, पूर्ण प्रेस स्वतन्त्रता चहान्छ।अहिलेसम्मका हरेक आन्दोलन त्यसकै खातिर हो कसको सरकार , को सत्तामा नेपाली सञ्चार जगतका लागि त्यो गौण विषय हो राणा, राजा , दल विशेषको सरकारसँग प्रेस क्षेत्रको कुनै मोलाहिजा वा कुनै स्वार्थ अलाप नै केवल स्वतन्त्रताको अनि पूर्णस्वतन्त्रताको अपेक्षा कुनै पनि सर्तमा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता स्थापित हुनुपर्छ नेपाली प्रेसले सर्तसहितको मान्यता स्वीकार्दैन बिनासर्त बिना रोकटोक स्थापित मूल्य, मान्यताको उपयोग नेपाली प्रेस जगतले चाहेको एक मात्रै विषय हो जहाँ स्वस्थ आलोचनाको सदैव सम्मान हुन्छ अस्वस्थ अंकुश नियन्त्रणको कुनै गुन्जायस हुन्न

स्वतन्त्रतापूर्वक पेसा, व्यवसाय गर्न पाउने प्रत्येक नगारिकको संवैधानिक हक हो बोल्न, लेख्न अभिव्यक्त गर्न पाउने कुरामा कानुनले नियन्त्रण गर्न पाइन्न, मिल्दैन तर, सरकार  कानुन बनाएरै त्यो हकमा धावा बोल्न पटकपटक उद्वत सरकार कहिले वर्ष जेल १५ लाख जरीवाना गर्ने कानुन बनाउने असफल प्रयत्न गर्छ कहिले समाचार लेखेकै भरमा लाखौं जरीवाना गर्ने प्रावधान राखेर कानुनको खाका निर्माण गर्छ त्रासको डण्डा बर्साउँछ के यही हो, लोकतान्त्रिक सरकारको सञ्चारलाई हेर्ने खुद दृष्टिकोण ? कि बचपनको भाँडाकुटी खेल ! जेहोस्, सरकार कच्चा निकम्मा कर्ममा तल्लीन , जो नेपाली प्रेसजगतका लागि किमार्थ स्वीकार्य छैन। , हुँदैन पनि

कोशी प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर आमसञ्चार विधेयक ल्यायो कोशी प्रदेशको न्याय, प्रशासन  तथा विधायन समितिले त्यो पास नै गर्यो समाचार लेखेकै कारण जरीवाना हुने प्रावधानसहितको सो विधेयक फौजदारी प्रकृतिको विधेयक हो   संविधानत स् जो बनाउने अधिकार प्रदेश सरकारले राख्दै, राख्दैन   फौजदारी कानुन निर्माण गर्ने अधिकार आफूलाई  कि छैन प्रदेश सरकारले हेक्कासम्म राखेन यो विधेयक सरासर गलत स्वतन्त्र प्रेसको अस्तित्व माथि निर्लज्ज  बोलिएको खुला धावा हो सँगै, संविधान विपरीतको कर्म पनि   यो पछिल्लो उदाहरण मात्रै हो सरकारले यस्तो नकाम बारबार गरेको , गर्दै आएको   जो लोकतान्त्रिक व्यवस्थामा कुनै पनि कोणबाट सही मान्न सकिन्न

कानुन बनाएर अभिव्यक्ति स्वतन्त्रतालाई रोकियो, छेकियो भने प्रजातन्त्रको अर्थ रहदैन । भनिन्छ, घर नियमले होइन, संस्कारले चल्छ तर, संस्कार बलियो बनाउन नियम चाहिन्छ   सरकार संस्कारको कुरा गरेर नियम भत्काउन चाहिरहेको बुझ्न जरुरी , नियम संस्कार दुबै भएन भने उच्च प्रजातान्त्रिक प्रक्रियाबाटै बनेको किन नहोस् सरकार लोकतान्त्रिक आचरणबाट च्युत हुन्छ   सरकारले बनाउन लागू गर्न चाहेका सूचना प्रविधि कानुन, सामाजिक सञ्जाल प्रयोग  तथा नियमन विधेयक, कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक अभिव्यक्ति स्वतन्त्रता  प्रजातन्त्रको अर्थ हरण गर्ने प्रकृतिकै हुन्

 

 

सम्बन्धित समाचार