२०८३ बैशाख १९ गते , शनिबार

वायु प्रदूषणका कारण बार्षिक २६ हजार नेपालीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार ४ गते , बुधबार
वायु प्रदूषणका कारण बार्षिक २६ हजार नेपालीको मृत्यु

झापा वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजार जनाको अकालमा मृत्यु भइरहेको नेपालीको आयु सरदर वर्ष महिनाले घटाइरहेको तथ्यांक सार्वजनिक भएको

विश्व बैंकको ताजा रिपोर्ट अनुसार नेपालीको मृत्यु अपांगताको पहिलो कारण नै वायु प्रदूषण हो

मंगलबार काठमाडौंमा सार्वजनिक रिपोर्टमा लेखिएको , ‘नेपालमा वायु प्रदूषण मृत्यु अपांगताको पहिलो प्रमुख कारक हो यो कारणले वार्षिक करिब २६ हजार नेपालीको अकालमा मृत्यु हुन्छ आयु औसत ३.४ वर्षले घटाउँछ वायु प्रदूषण श्वासप्रश्वास, मुटु, फोक्सो, जन्मजात समस्या, मधुमेह आदि रोगको प्रमुख कारण बनेको

वायु प्रदूषण नियन्त्रणका लागि सीमापार समन्वय, नवीकरणीय ऊर्जाको प्रयोग, डढेलो नियन्त्रण, कडा नियम कार्यान्वयन वैकल्पिक ऊर्जामा अनुदान लगायतका कदम चाल्नुपर्नेमा विश्व बैंकले सुझाव दिएको

काठमाडौं तराई हटस्पट

राजधानी काठमाडौं उपत्यका तराई मधेशका जिल्ला वायु प्रदूषणका हिसाबले हटस्पट हुन् यी क्षेत्रमा पछिल्लो दशकमा खास सुधार देखिएको छैन

काठमाडौं तराईमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) ले तोकेको सुरक्षात्मक सीमा (हावामा प्रति घनमिटर माइक्रोग्राम) भन्दा कयौं गुणा उच्च

नेपालमा हिउँदयाम गर्मीयामको सुरुवातमा वायु प्रदूषणको स्तर २०० भन्दा बढी पुग्ने गरेको २०७७ सालको चैतमा वायुप्रदूषण बढ्दा चार दिनसम्म विद्यालय बन्द गर्नुपरेको थियो कम भिजिबिलिटीका कारण हेलिकप्टर उडान समेत बन्द भएको थियो

गर्मी प्रदूषित हावाका संयोजनले नेपालजस्ता कम विकसित मुलुकहरु बढी प्रभावित हुने गरेका छन् हालै प्रकाशित स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युट अफ इन्भायरोमेन्टल मेडिसिनद्वारा गरिएको अध्ययन रिपोर्टमा जलवायु परिवर्तनका कारण बढीरहेको भिषण गर्मी वायु प्रदूषणको संयुक्त मारले मृत्युको जोखिम ६४ प्रतिशतसम्म बढेको उल्लेख

वायु प्रदूषणले जीडीपीमा प्रतिशत क्षति

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार देखि ५० एक्युआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ २०१ देखि ३०० निकै अस्वस्थ मानिन्छ ३०१ भन्दा माथि एक्युआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ

मानव स्वास्थ्यका लागि सबैभन्दा चिन्ताजनक प्रदूषक भनेको हावामा उड्ने २.५ माइक्रोनभन्दा साना कणहरू (पी.एम. २.५) हुन्

यी साना कणहरु श्वासप्रश्वासको माध्यमबाट फोक्सो हुँदै रगतमा रगतसँगै अन्य संवेदनशील अंगमा पुग्छन् त्यसले दम, हृदयाघात, मस्तिष्कघात क्यान्सर जस्ता स्वास्थ्य समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन्

यस्ता समस्याले नेपालको पर्यटन, उत्पादन हवाई उड्डयन क्षेत्रमा असर गरेको आर्थिक रूपमा हेर्दा कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रतिशत भन्दा बढीको क्षति भएको अनुमान विश्व बैंकले समेत गरेको

प्रदूषणका मुख्य स्रोतहरू

नेपालमा वायु प्रदूषणका मुख्य स्रोतहरू उद्योग, खाना पकाउन प्रयोग हुने परम्परागत इन्धन पेट्रोल डिजलबाट चल्ने सवारी साधन हुन् जंगलको डढेलोले पनि प्रदूषण बढाउने गरेको

तराई मधेशमा वायु प्रदूषणको करिब दुई तिहाइ सीमा पारिबाट (भारतबाट) आउने गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख

२०३५ सम्म वायु प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम नचालिएमा स्थिति अझ गम्भीर हुने चेतावनी विश्व बैंकले दिएको

सन् २०३५ को लक्ष्य ३५

काठमाडौंमा तीन प्रमुख उपायबाट वायु प्रदूषणको स्तर घटाउन सकिने सुझाव विश्व बैंकले दिएको

त्यसका लागि विद्युतीय गाडी, बायोमास जस्ता स्वच्छ इन्धन प्रयोग गर्नुपर्ने सुझाव दिइएको खाना पकाउन इलेक्ट्रिक चुल्हो प्रयोग गर्न सवारी साधनहरुको नियमित जाँच गर्न पनि सुझाइएको

साथै सडकमा उड्ने धुलो नियन्त्रण गर्न पनि सुझाव दिएको

तर तराईमा यी उपायहरू मात्र पर्याप्त छैनन् त्यहाँ छिमेकी भारत लगायतका देशहरूसँग पनि समन्वय अपरिहार्य रहेको विश्व बैंकको निष्कर्ष

प्रदूषण न्यूनीकरणका लागि नेपाल सरकारलाई निम्न पाँच आधारहरूमा काम गर्न विश्व बैंकले सुझाव दिएको

वायु गुणस्तरसम्बन्धी तथ्यांकमा सुधार

कडा नियम त्यसको कार्यान्वयन

नवीकरणीय ऊर्जामा प्रोत्साहन

उद्योगहरूलाई प्रविधिमा लगानी गर्न प्रोत्साहन

स्वच्छ प्रविधिको पूर्वाधार विकास (विद्युत आपूर्ति, चार्जिङ स्टेशन आदि)

सरकारको प्रतिबद्धता विश्व बैंकको सहयोग

नेपाल सरकारले सन् २०३५ भित्र वायु प्रदूषणको औसत स्तर ३५ माइक्रोग्राम प्रतिघनमिटर भन्दा तल झार्ने लक्ष्य लिएको यो लक्ष्य नेपाल सरकारको १६ औं राष्ट्रिय योजनामा उल्लेख

त्यसका लागि इन्डोगंगेटिक समथर क्षेत्रका देशहरूसँग मिलेर अगाडि बढ्ने बताइएको

इन्डोगंगेटिक समथर क्षेत्र भन्नाले भारतको उत्तरी भाग (उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, दिल्ली, हरियाणा), नेपालको तराई मधेश काठमाडौं उपत्यका, बंगलादेशको केही भाग, पाकिस्तानको पूर्वी भाग (लाहोर पन्जाब) भुटान सहितको क्षेत्रलाई बुझिन्छ यो क्षेत्रमा कृषि, उद्योग कलकारखाना उच्च जनघनत्व भएकाले विश्वमै बढी वायु प्रदूषण हुने गर्दछ

यहाँ हुने प्रदूषणले सामूहिक असर पार्ने भएकाले सीमापार समन्वयमा विश्व बैंकले जोड दिएको

हरित रोजगार सिर्जनामा जोड

विश्व बैंकले चीन, मेक्सिको सिटी उलानबटारले विगतमा प्रदूषण घटाउन गरेको सफल प्रयास नेपालका लागि प्रेरणा बन्न सक्ने जनाएको

वायु गुणस्तर सुधारसँगै ऊर्जा सुरक्षामा योगदान, लागत बचत, जीवनस्तरमा सुधारजस्ता लाभ हासिल हुनेछ

तर प्रदूषण नियन्त्रणले केही उद्योगमा रोजगारीमा असर पार्न सक्ने भएकालेहरित रोजगार सिर्जना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख

सम्बन्धित समाचार