२०८३ बैशाख १९ गते , शनिबार

एक सालीन अभिभावकको अवशान !

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ८ गते , विहीबार
एक सालीन अभिभावकको अवशान !

तिथि मिति ठ्याक्कै याद भएन यो चाहिँ हेक्कामा , तपाईंसँग पहिलोपटक भेट भएको २०६५ साल फागुनमा हो जतिबेला तपाईं (पदमकुमारी कडरिया, सपरिवार)  माता मन्दिर नजिक बस्नु भएको थियो सानो घर, सत्कार निक्कै उच्च तपाईंले पकाएको खाना  त्यही दिन हो, मैले पहिलोपटक खाएको पहिलो भेट नै निक्कै गहिरो गरी गडेको खाना थपेर नै खाएको हो अहिले पनि त्यो दिनको याद तपाईंको सम्झना झैँ मानसपटलमा अमीट

त्यहाँबाट सुरु भएको भेटको श्रृङ्खला २०८२ सालको पहिलो  महिनाको अन्तिम दिनसम्म चलिरह्यो भौतिक भेटको श्रृङ्खला, जेठ आइतबार बिहानैबाट पूर्णविराम लाग्यो अबको भेट मैले महसुस गर्ने भावनात्मक मात्रै हुनेछ यो सांसारिक नियम हो   यो नियमलाई लल्कार्ने मेरो तागत , तपाईंको थियो अरु कसैको नै

मैले पहिलोपटक खाना खाएको तपाईंलाई साँझमा देखेको । त्यो घरमा तपाईंहरु कति रहनुभयो, त्यसमा एकपटक बाहेक पुगिनँ पछि किराँतचोक सर्नुभयो आउने जाने क्रम निक्कै बाक्लो बन्यो त्यसमा तपाईंको स्नेह प्रमुख कारण हो तपाईकी  छोरीरत्न  कल्पना  सँगै काम गर्ने भएकोले पनि बारबार घरमा आइरहेँ   खाइरहेँ, बसिरहेँ

अहिले तपाईं यो घरमा होइन, धरामा नै हुनुहुन्न तपाईंले  छाडेर गएको घरमा जाने क्रम रोकिएको छैन, रोकियोस् पनि कसरी ! पीडादायी यो चोटमा भावनात्मक मल्हमपट्टी गर्ने समय हो दिनचर्या यही हो, तपाईंका सत्गुणको कुरा सुन्यो कनकाई कोटिहवन आर्यघाटमा दनदनी दन्किएको आगो सम्झियो त्यही तपाईंलाई भस्म बनाउने त्यही दृष्य दिमागमा राख्यो   निन्याउरो अनुहार हेरेर फर्कियो

यो ०६८ सालतिरको कुरा हो त्यसताका मेरो जीवनसाथी धनु हिमाली मावि पृथ्वीनगरमा कार्यरत थिइन् , बिर्तामोडमा एक्लै बस्थेँ खाना पकाउन अल्छी लाग्यो कि तपाईंको घरमा हिंड्ने बानी नै पर्यो बिहान, बेलुका जतिबेला पनि बिना संकोच टुप्लुक्क पुगिहाल्थे एउटै अफिसका सहकर्मी कल्पना साथी भएपछि मलाई उसँग जान कुनै रोकटोक नै भएन आउने जाने चलिरह्यो, परिवारको एउटा सदस्य झैँ घर आफ्नै जस्तो घरमा जे त्यो खानेदेखि मिठोमसिनो भाग लागिरह्यो

शनिश्चरेमा घर किनेपछि तपाईंहरु उतै लाग्नुभयो बिर्तामोडबाट ÷ किलोमिटर टाढा भएपनि तपाईंको घर धेरै पटक गएँ बिर्तामोड कोठामा अल्छी लाग्यो कि शनिश्चरे हिँडिहाल्यो खायो, बस्यो, पारिवारिक गफ यसरी नै समय अघि बढीरह्यो एकपटक धनुसहित तपाईंको घर शनिश्चरे घर गएका छौँ, हामी   आज पर्यन्त यो रोकिएको छैन, चलिनै रह्यो, अहिले तपाईं हुनुहुन्न  तर पनि यो क्रम चलिकै , मलाई लाग्छ, अब पनि चलिरहनेछ

भावनाका अगाडि भूगोलले हारिरह्यो भावनाले जित्यो तर, त्यही भावनात्मक महल आज भत्किएको भताभुङ्ग भएको भग्नावसेषमा रुपान्तरण मात्रै भएको होइन, भावना बाहेक हाम्रो भागमा केही छैन   तपाईं महाप्रस्थानको यात्रामा निस्कनु भयो, हामीसँग भनिने मात्र एउटा जीवन जीवनको आखिरीतिर वैशाख ३१ गते तपाईं अस्पतालको वेडमा हुनुहुन्थ्यो तपाईं वेडमा रहदाको तस्वीर मसँग सुरक्षित आफूसँग भएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्न निक्कै हतारो गर्ने मान्छे हो तपाईंको धैर्यताको साक्षी बनेको त्यो तस्वीर पोष्ट गर्न पटक्कै हतारिइनँ त्यो तपाईंको भावना विपरीत हुन्थ्यो किनकि, तपाईं नहडबढाउने मान्छे चिनजान भएदेखि नै एउटा असल, सरल, शालीन मान्छेलाई अधैर्यहरुले मृत्यु पश्चात् असहजतामा पार्नुहुन्न भन्ने मलाई लागिरह्यो

मसँग तपाईंका अरु थुप्रै तस्वीरहरु छन् एउटा तस्वीर चाहिँ तपाईंको देहावसानकै दिन पोष्ट गर्न चाहेँ तर गरिनँ। त्यसको आफ्नै कारण यही स्मरण आलेखमा कतै कतै कारण खोल्ने छु त्यही तस्वीर संस्मरण आलेखमा मेरो निक्र्यौल  हो, यो शान्तिसँग जोडिएको तपाईं जहाँ हुनुहुन्छ, तपाईंको आत्माले शान्ति पाओस्, मेरो कामना जीवनभरको शान्त अटल मानिसलाई अभिषेकीय प्रतीकसहितको श्रद्धासुमन !

याद याद हो सम्झना सम्झना हो तर, स्नेह सद्भाव कति गाढा हुन्छ, त्यो व्यक्त गर्ने शब्द मसँग छैन यद्यपि, एउटा कुरा , त्यो हो, तपाईंले मलाई गरेको विश्वास यो विश्वास यस्तो विश्वास हो, तपाईं रहदा जुन उचाईमा थियो, नरहदा पनि धरमराउने छैन तपाईंले हामीप्रति दर्शाएको भाव सिकाएको पाठ पनि त्यही हो, जो डगमगाउने छैन

मानिसका कुरा हुन्, थुप्रै हुन्छन् मैले देख्दा कहिल्यै नरिसाउने तपाईंको स्वभाव मानिसकै हो ? यो प्रश्न सर्वथा अनुत्तरित रहनेछ, मेरो जीवनकालभर    एउटा आदर्श मानिसको अभिभावकीय साथ गुमाउँदा कसलाई पीडा हुन्न ! त्यो पीडा स्वभाविक हो, मलाई पनि यो स्मरण लेख झैं तपाईंको याद सधैं ( सधैं रहनेछ

मैले ८० साल पुस गते  बुबा गुमाएँ अहिले कल्पनाले आमा गुमाएकी छन् एउटा संयोग , मेरो बुबाको नाम हो, डिल्लीप्रसाद आज डिल्लीराम कडरियाले श्रीमती गुमाउनु भएको   कमल गोपालले आमा गुमाएका छन् बुहारीद्वय रमा रोजीले सासुआमा गुमाएका छन् श्रीमती आमा गुमाउँदाको पीडा उनीहरूलाई तर, मलाई पीडा , अकन्टक सरल सहनसिलताको प्रतिमूर्ति अनि संघर्षको गर्भमा एउटा शालीन अभिभावक गुमाएको 

मानिसको अवसान कसैका लागि प्रिय हुँदैन सत्रुकै मृत्यु पनि अप्रिय हुन्छ, यो मानवीय सम्वेदना हो गुणले भरिपूर्ण एउटा मानिस गुमाउँदा सारालाई पीडा हो, निधनसँगै तपाईं हामीबाट भौतिक रूपमा लुप्त हुनुभयो हामीले साथ गुमायौँ,लाग्छ  धेरैले धेरै  गुमाएका छन् धेरैकी प्रिय ‘कान्छीदिदी’ अब कहिल्यै उनीहरूले सकल पाउने छैनन् कतिले  ‘धाप काइली’ गुमाए यसको अर्थ जान्नेले नै लगाउने छन् तपाईंको अवसानसँगै समाजले गुमाएको चाहिँ एउटा निस्फिक्री सरल स्वभाव हो

हामी जीवित छौँ ठाकठुक पर्न सक्छ तर, तपाईं जीवित रहुन्जेल त्यो कहिल्यै भएन एउटा आदर्श अभिभावकको अवसानसँगै यो बिलुप्त भएको मैले धेरै अभिभावकबाट धेरै सिकेको होला ! तपाईंबाट सिकेको कुरा चाहिँ उदारता हो उदारता भनेको धनदौलत फजुज बाढ्नु मात्र होइन भावनाको उदारता, मनको उदारता, प्रेमको उदारता, व्यवहारको उदारता जो गुण तपाईंमा थियो धेरैमा पाइन्न छैन

आफूसँग जेछ, त्यो बाँढेर खानु पर्ने एक्लै के खानु ! यो कुरा मैले आफैं अरुबाट सिके पनि तपाईंले सिकाएको चाहिँ निरन्तर अभ्यासमा रहने किनकि, त्यो त्यसकारण भिन्न , त्यहाँ अंश थिएन धेरथोरको भाग थिएन पुगनपुगको कुरै थिएन आफैंले खान मेहनतले बनाएको अचार अलिकति लानु साग ,सिमी कुरिलो दुईचार वटा लिएर जानु दुईजनालाई पुगिहाल्छ नि१ घिउ बनाइदिएको , लिएर जानु ओइ ! (कल्पना)  त्यो सामान हाल्दे !  हाल्दिस् ? यो दिलदार मन जसले संगत गर्यो, उसले अनुभव गरेको तपाईंको जीवन समाप्तिसँगै त्यही गुम्यो अब सित्तैमा कुनै कुरा पाइन्न भन्ने लोभ होइन पाइन्न भन्ने लोभ हो तपाईंको जस्तो दिलदार मन चेत समभाव

तपाईंलाई  दुश्मन रोग लाग्यो आखिरी क्षणसम्म तपाईंमा हिम्मत थियो मैले तपाईंलाई वैशाख ३१ गते अस्पतालमा अन्तिम पटक भेटेँ अस्पतालबाट घर फर्किएको दिन पछि  तपाईं यो संसारबाट हराउनुभयो मैले त्यसपछि तपाईंलाई निष्प्राण भौतिक रूपमा तुलसाकोमोठमा भेटेको हुँ जतिबेला तपाईं मलाई देख्नु हुन्न थियो मुडो शरीर प्राणपखेरु तपाईंलाई छाडेर अन्यत्रै गइसकेको थियो

सायदै विद्यालयको ढोका छिरेर अक्षर पढ्नु भएन किताबी ज्ञानको प्रमाणपत्र थिएन तर प्रत्येक मानिसको मन पढ्न सक्ने क्षमता अद्भुत थियो सबैको मन यसरी पढ्नु भयो, जसले मलाई छोइरहन्छ केही खाएको , छैन सोध्ने घरमा जे त्यो खाएर मात्रै जानुपर्छ भन्ने भावना मापनको सीमाबाट निक्कै माथि जसको रेखा कोर्न सकिन्न भोक, प्यास कामको चापलाई बुझ्ने तपाईंमा रहेको सामर्थ्य अक्सर  मानिसमा हुँदैन घरमा चिया नै पाक्यो भने पनि तल मिलमा भएको मानिसलाई बोलार दिनै पर्ने, खुवाउनै पर्ने तपाईंको सरल तर उत्कृष्ट कर्म अब हाम्रा लागि प्रेरणा बन्नु पर्छ , बनिनै रहने

करिब एक वर्ष अघिबाट तपाईं विरामी परेपछि उपचारका लागि काठमाडौँ अन्य अस्पतालमा पुग्नुभयो यो सिलसिलामा धेरै पटक घर आएको छु बिर्तामोडको अस्पतालको बसाइँको बेला तपाईंलाई भेट्न सायदै छुटाएँ त्यसको एउटा कारण हो - मानवीयता योभन्दा मसँग अरु कुनै स्वार्थ थिएन छैन तर, तपाईंको हिम्मत देखेर लाग्थ्योआमा भनेको आमा हो उसले अनेक पीडा लुकाएर पनि सन्तान, आफन्त चिनजानका मानिसलाई खुसी दिन चाहान्छिन् आफू दुखेरै पनि अरुलाई खुसी दिन्छिन्   जीवनको आखिर क्षणसम्म तपाईंमा त्यो कायम रह्यो

आफू भित्रभित्रै भतभती सहेर पनि बाहिर देखाउनु भएन मलाई केही भएको छैन बिरामी नै होइन कसैले बिरामी भन्दैमा बिरामी हुन्छु ! पर जौ, माथि फर्म जौ मलाई डाक्टरले बिरामी पार्यो…। भनिनै रहनुभयो तपाईंले यसो भनिरहदा लाग्थ्यो, के अद्भुत शक्ति तपाईंपदमकुमारीमा   

यति हुँदाहुँदै पनि तपाईं आखिरी दिनमा अलिक गल्नु भएको अवश्य थियो वैशाख अन्तिम साताको एकदिन मेरो हात छोएर तपाईं रोएपछि लाग्यो, गल्नुभयो तर, तपाईंले आफू गलेको स्वीकार्नु भएन तपाईंको सदभावपूर्ण संकेतलाई व्यवहारिक आकार मूर्तरुप दिइनेछ , जो भावनात्मक हुनेछ एउटा निकट साहकर्मीको माध्यमबाट सुरु भएको भावनात्मक सम्बन्धलाई भावनात्मक नै बनाइरहिनेछ तपाईंले नेतृत्व गरेको सम्बन्धको मार्गलाई दर्बिलो बनाइनेछ विश्वासको हस्त स्पर्शलाई त्यही धरातलबाट अगाडि बढाइनेछ अन्तरध्यान भएको आत्मलाई धराबासीको श्रद्धासहितको विश्वास

रोगले च्याप्यो, तपाईंले औषत आयु जिउन पाउनु भएन तर तपाईंको हिम्मतले त्यो पूरा गर्नुहुन्छ भन्ने मलाई लागिरह्यो परिवारले पनि त्यही विश्वास राख्यो   अन्तत: कालले जित्यो, नेपालीको औषत आयु पुग्न ६/७ वर्ष अघिनै कालले तपाईंलाई आफ्नो कोपभाजनमा र्पायो , सदासदाका लागि यो धराबाट खोस्यो तपाईंलाई भौतिक रूपमा खोसेको हो, भावनात्मक रूपमा तपाईंलाई कसैले केहीले पनि खोस्न सक्दैन किनकि, तपाईंले गरेको कर्मले त्यो सिद्ध गरेको

प्रत्येक मानिसले काल जन्मसँगै काल लिएर आउँछ, आएको हुन्छ जीवन सक्रिय रहुन्जेल कालको केही लाग्दैन जीवन जब निष्क्रिय हुन्छ काल सक्रिय हुन्छ, यो धरामा हुने यस्तै हो मानिस बिर्सनका लागि जन्मेको हो, थुप्रै कुरा हामी बिर्सदै जानेछौँ। तपाईंको जन्म मिति देहावसानको मिति बिर्सन सकिएला तर तपाईंले गरेको स्नेहपूर्ण व्यवहार मानवीय कर्मले जोडेको पवित्र नाता कहिल्यै बिर्सने छैन, जुनदिनसम्म तपाईंले सुरु गरेको महाप्रस्थानको पथमा हाम्रो यात्रा प्रारम्भ हुँदैन

मानिसले मानिसलाई हेर्ने दृष्टि आआफ्नै हुन्छन् जन्मदै त्यो गुण केही केही प्रत्येक मानिसमा आवश्य आएको हुन्छ उमेरसँगै त्यसमा मात्र थपघट हुने हो तपाईं बिरामी परेपछि त्यो खबर हामीले पायौं अरुले पनि पाए, त्यो स्वभाविक हो तपाईं बिरामी परेको बेला एकजना झापाली विद्वानले गरेको टिठलाग्दो टिप्पणी जीवित रहुन्जेल मेरो मानष्पटलबाट हट्ने छैन ती विद्वानको विद्वताप्रति मेरो खास टिप्पणी छैन यति चाहिँ भन्नु नै कुरा बुझेरै गरेको राम्रो, हासिल गरेको ज्ञान कुविद्वताको चप्परीले नछोपेकै उत्तम

मैले यो बेला सम्झिरहेको मर्म स्पर्शी मानवतावादी गीत होफूलको आँखाना फूलै संसार, काँडाको आँखामा काँडै संसार…. तपाईंलाई जस्तो देख्यो, त्यस्तै बुझ्यो त्यो उसको दृष्टि हो बुझ्ने क्षमता हो तपाईंमा समर्पित यो स्मरण आलेखमा डेढ दशकभन्दा लामो मानवीय भावनात्मक सम्बन्धको सबै केस्रा, केस्रा पत्रपत्र उल्लेख गर्न सम्भव छैन धेरै खोत्नु पनि हुन्न, त्यसले झन् बढी नै दुख्छ

काँडा बिझेको ठाउँमा सियोले गहिरो कोट्ट्यायो भने खाडल पर्छ, खुन बग्छ दुख्छ तपाईंसँगको विछोडको बेला  पीडादायी समयमा यहाँभन्दा बढी भन्नु छैन स्नेहको खडेरीमा शब्दको वाण चलाइराखेर कसैलाई थप दुखाउनु छैन भनिन्छ, चिन्नु नचिल्नु कसैलाई चिल्दिनँ, किनकि, तपाईंसँगको सामिप्यताको विच्छेदले मन त्यसै चर्याइ  रहेको काटेको घाउमा योभन्दा बढी नुनचुक किन र !

बज्रपातको यो मारमा मात्रै तपाईंको स्मरण   मैले एक वर्ष अघि बुबाको देहावसानमा जुन पीडा बेहोरे त्यस्तै मातृवियोगको पीडा मेरो मिल्ने मध्येको एकजना साथी कल्पना  उसको परिवारले बेहोरिरहेको भावनात्मक नाता परिवारमा परेको असीम पीडाको करुणामय क्षणमा सिङ्गो  कडरिया परिवारमा गहिरो समवेदना !

मलाई राम्रो थाहा यो बेला सबैले सहानुभूति दर्शाउनु हुन्छ यो परिपालित नियम हो तर, सहने आफैंले हो जे परेपनि परेकै व्यक्तिले नै सहनुपर्छ यो टिप्पणी आमशुभेच्छुक, शुभचिन्तकको स्वाभिमान प्रचलित नियम, संस्कारमा प्रहार पनि होइन आलेखकर्ताको त्यो मनसाय हुँदैहोइन यद्यपि, यो सत्य मात्रै होइन, तथ्यसहितको सत्य हो दाइ डिल्ली, साथी कल्पना, भाइबुहारीहरु कमलरमा, गोपालरोजीमा मातृवियोगको  पीडा सहने शक्ति प्राप्त होस् !

सम्बन्ध रगतको मात्र हुँदैन, भावनात्मक सम्बन्धको नाता पनि उत्तिकै निकट हुन्छ   यही नातासँग जोडिएको सम्बन्धको एउटा अध्याय व्यक्तिगत रुपमा समाप्त भएको सामुहिक भावना भने झन् फराकिलो बनेको हाम्रा लागि त्यो तपाईंले अगुवाई गरेको पथ हो एक पथिकका तर्फबाट तपाईं जीवन्त हुँदा आन्तरिक शान्तिको कामनासहित पुरोहित गरेको अभिषेक सहितको यो तस्वीरका साथ अन्तष्करणबाट श्रद्धाञ्जली !

मैले पाँच दिनसम्म तपाईंको कुनै तस्वीर पोष्ट नगर्नुको खास कारण चाहिँ परिवारका तर्फबाट नगरेकैले हो आज मलाई लागिरहेछ, तपाईंले सन्तानलाई सिकाएको धैर्यताको पाटो पनि यही हो व्यवसायिक प्रयोजन बाहेक  कुनै तस्वीर खास समयमा पोष्ट गर्न भनेर खिचिन्नँ संस्मरण वा संग्रहका लागि खिचिएको हुन्छ पुराण समापनका दिन पुरोहितले गरेको यो शान्ति अभिषेकले तपाईंको दिवंगत आत्मलाई पनि शान्ति देओस्

हामी अध्यात्ममा विश्वास गर्नेहरू जीवनकालमा मात्रै होइन, मृत्यु पछि पनि  उद्दार शान्तिको  कुरा गर्छौ श्राद्ध, तर्पणपानी गरिँदै आइएका कर्म हुन् रगतको बाहेक अरु नातामा त्यो बर्जित जस्तै , गरिन्न तर, स्वर्गको बासको कामना निरन्तर गरिनै रहेन्छौँ यो तस्वीरले त्यही लयको ढोका खोलोस्, आध्यात्मिक पूर्णपेक्षा !

सम्बन्धित समाचार