२०८२ जेष्ठ ३२ गते , शनिबार

कनकाईमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २८ गते , आईतबार
कनकाईमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

बिर्तामोड झापाको कनकाई नगरपालिका सुकेडाँगीमा एक जनाको हत्या भएको स्थानीय अन्दाजी ३५ बर्षीय कविराज हेमरमले श्रीमती ३४ बर्षीया पुजा हेमरमको हत्या गरेका हुन्

शनिबार राति अन्दाजी ११ः२० बजे कविराजले घाँटीमा खुकुरीप्रहार गरी पुजाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको पुजाको हत्या गरी फरार भएका कविराजलाई सुरुङ्गाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

पुजाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको  

सम्बन्धित समाचार