२०८२ जेष्ठ ३२ गते , शनिबार
जबर्जस्ती करणी आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

बिर्तामोड । इलाममा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ७१ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । इलाम चुलाचुली गाउँपालिका २ खत्री चोक निवासी जयबहादुर कुमाल पक्राउ परेका हुन् ।
चैत्र २५ गते मानसिक अशक्तता भएकी नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनलाई प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरिएको जिप्रका इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।