बुढ्यौली साहित्य समितिको कविता गोष्ठी सम्पन्न

बिर्तामोड । बुढ्यौली साहित्य समिति झापाले आफ्नो पहिलो कार्यक्रम स्वरुप कविता गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रम शनिबार बिर्तामोडस्थित जयेन्द्रप्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा झापा जिल्ला भरीका १९ जना कवि साहित्यकारले रचना वाचन गरेका थिए ।
विशेष अतिथि बुढ्यौली साहित्य समिति भक्तपुरका उपाध्यक्ष दिननाथ पोख्रेल, अतिथिहरु कोमलप्रसाद पोखरेल, पुन्यप्रसाद खरेल, लिलाप्रसाद अधिकारी, पुन्यप्रसाद सिग्देल, होम सुवेदी, राजेन्द्र संग्रौला, देवीभक्त श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताले बुढ्यौली शब्दप्रति जिज्ञासा राखेका थिए ।
खास गरी शब्दले संस्थाको नाम झल्किन्छ भन्ने कुरामा केन्द्रित जिज्ञासामा साहित्यमा बुढ्यौलीमा समेटिने सिमाबारे अधिकांशको जिज्ञासा थियो ।
बुढ्यौली साहित्य समिति झापाका अध्यक्ष हरि रिमालको अध्यक्षता तथा बुढ्यौली साहित्य समितिका केन्द्रीय अध्यक्ष कविराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई उपाध्यक्ष जयप्रसाद आचार्यले स्वागत गरेका थिए ।
कार्यक्रमको औचित्यबारे अध्यक्ष रिमालले प्रकाश पारेका थिए भने सञ्चालन तुलसीप्रसाद भट्टराई र बिन्दु दाहाल (मुकदर्शक)ले गरेका थिए ।