२०८३ बैशाख १९ गते , शनिबार

गिरीबन्धु चियाबगानमा पाँचथरको कुमार गुरुङको शव फेला

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १५ गते , विहीबार
गिरीबन्धु चियाबगानमा पाँचथरको कुमार गुरुङको शव फेला

बिर्तामोड । झापा अर्जुनधारा-११ नयाँ बसपार्क पूर्वपट्टि गिरीबन्धु चिया बगानमा एक पुरुषको शव फेला परेको छ ।
चिया बगान भित्र शिरिषको रुखको फेदमा फेला परेको शव पाँचथर रानीटार २ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
मृतकसंग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको डिएसपी खड्काले बताए ।
चिया बगानभित्र कुहिन लागेको अवस्थामा उनको शव फेला परेको छ । मृतकको आफन्तलाई घटनाको जानकारी गराइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार