२०८३ बैशाख १९ गते , शनिबार

ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ११ गते , आईतबार
ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी

बिर्तामोड । केबलकार निर्माणको विषयलाई लिएर नो केवलकार समूह र प्रहरीबीच पटकपटक झगडा हुन थालेपछि प्रशासनले ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले जुलुस, हुलदङ्गा, प्रतिकूल स्थितिको सिर्जना भई शान्ति सुरक्षा भंग हुनसक्ने भन्दै फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
आज बिहान ५ बजेदेखि लागू हुनेगरी फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा चारकिल्ला तोकेर निषेधाज्ञा जारी गरिएको छ ।
शनिबार साँझ फेरि नो केवलकार समूह र प्रहरी बिच झडप भएपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।
आदेश उल्लंघन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानूनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

 

सम्बन्धित समाचार