२०८३ बैशाख १९ गते , शनिबार

महिला उद्यमी संघ नेपाल झापाको सचिवालय स्थापना

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १० गते , शनिबार
महिला उद्यमी संघ नेपाल झापाको सचिवालय स्थापना

बिर्तामोड । महिला उद्यमी संघ नेपाल झापाले सचिवालय स्थापना गरेको छ ।  महिलाहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्दै आएको संघले शनिबार सचिवालयको समुद्घाटन गरेको हो ।
बिर्तामोड १ स्थित पुरानो कञ्चनजंघा रोडमा स्थापना गरिएको संस्थाको सचिवालयको शनिबार आयोजित एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरे ।
संस्थाकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता तथा नगर उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख संग्रौलाले आफूले उत्पादन गरेका सामग्रीको ब्राण्डिङ र बजारीकरणमा जोड दिए ।
कार्यक्रममा बोल्दै संग्रौलाले सामग्री उत्पादनसंगै त्यसको प्रवर्धन र बजारीकरणका लागि उपभोक्ताको मन खिच्ने प्रकृतिका विज्ञापनका शैली अपनाउन सुझाव समेत दिनुभयो । उनले भन्नुभयो, ‘उत्पादित सामग्रीको प्रबर्धनका लागि प्याकेजिङ्ग, ब्राण्डिङ राम्रो बनाउनुका साथै विश्वसनीय विज्ञापनको ठूलो भूमिका हुन्छ, ती तरिकाहरु अपनाउनु पर्यो ।’
कार्यक्रममा महिला उद्यमी संघ नेपालकी संस्थापक अध्यक्ष गोमा भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी पूर्व अध्यक्ष नैनकला भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम सचिव पुनम् अधिकारीले सञ्चालन गरेकी थिइन् ।  सहभागीहरुलाई उपाध्यक्ष दिपा खरेलले स्वागत गरेकी थिइन् ।  

सम्बन्धित समाचार