२०८३ बैशाख १९ गते , शनिबार

फोनिज झापाको सातौं जिल्ला अधिवेशन सम्पन्न, अर्जुन राजवंशी अध्यक्ष चयन

sajilo news
परिवेश मिडिया
२०८१ माघ १९ गते , शनिबार
फोनिज झापाको सातौं जिल्ला अधिवेशन सम्पन्न, अर्जुन राजवंशी अध्यक्ष चयन

बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी चयन भएका छन् ।
शनिबार बिर्तामोडमा सम्पन्न फोनिज झापाको सातौं जिल्ला अधिवेशनले अध्यक्षमा राजवंशीलाई चयन गरेको हो । उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सुजन राई, सौरभ मुखिया ‘ए’, मिना नेम्बाङ, सुमन बेघा र डिके शेर्मा रहेका छन् ।
अधिवेशनले दिपिन राई, गणेशमान मुखिया, भूमिका फियाक, विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राईलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।
कार्यक्रममा स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बा पुरस्कृत भएका छन् । सो पुरस्कारको राशि २५ हजार रहेको छ । त्यस्तै ५ हजार राशी भएको फोनिज उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ । सो अवसरमा रजत वर्ष स्मारिका विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, पत्रकार महासंघका प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, जिल्ला अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सचिव तिलक योञ्जनले सञ्चालन गरेका थिए ।  

सम्बन्धित समाचार