२०८३ बैशाख १९ गते , शनिबार

पिकअपको ठक्करबाट सुजल अधिकारीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ माघ १५ गते , मंगलबार
पिकअपको ठक्करबाट सुजल अधिकारीको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको हो ।
आज दिउँसो २:३० बजे बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र बिपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अधिकारीलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाली जनाएको छ ।
पिकअप चालक तेह्रथुम म्याङलुङ नगरपालिका ४ बस्ने ३६ वर्षीय अर्जुन शंकरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार