२०८३ बैशाख १९ गते , शनिबार

आजको दिन तपाईंको कस्तो रहला, हेर्नुहोस् राशिफल

sajilo news
परिवेश मिडिया
२०८१ माघ ७ गते , सोमबार
आजको दिन तपाईंको कस्तो रहला, हेर्नुहोस् राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

फाइदा मात्र हेर्दा आलोचित भइनेछ। बेसुरमा लिइएकाे निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। आफ्नै कमजाेरीले पनि काममा पछि परिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। तर विराेध जनाउनेहरूसँग सन्तुलित व्यवहार गर्नुहाेला। मिहिनेतले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अप्ठ्याराे काम थाल्नाले दिनभरि दाैडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। अर्थअभावले सताउने समय छ। टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा पेसा–व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। पेसा–व्यवसायमा लाभ हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

सम्बन्धित समाचार