२०८३ बैशाख १९ गते , शनिबार

सूचना अबिलम्ब उपलब्ध गराउँछौँ : प्रजिअ अधिकारी

sajilo news
परिवेश मिडिया
२०८१ माघ ६ गते , आईतबार
सूचना अबिलम्ब उपलब्ध गराउँछौँ : प्रजिअ अधिकारी

बिर्तामोड जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख गोपाल कुमार अधिकारीले कार्यालयसँग सम्बन्धित सूचना अबिलम्ब उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् आज झापाली सञ्चारकर्मीहरुसँग छलफल गर्दै प्रजिअ अधिकारीले सञ्चारकर्मीलाई आवश्यक पर्ने सूचना अबिलम्ब उपलब्ध गर्ने व्यवस्था मिलाउने बताएका हुन ।

भर्खरै झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका अधिकारीले आज जिल्लाका सञ्चारकर्मीहरुसँग कार्यालयमा छलफल गरेका छन् उनले सञ्चारकर्मीहरुबाट लिएको सुझावको प्रतिक्रिया दिँदै कार्यालयको सेवा प्रवाहका साथै जिल्लाको शान्ति सुव्यवस्थालाई चुस्त बनाउने कुरामा कुनै कन्जुस्याई नगर्ने बताए

उनले प्रशासन सञ्चारकर्मीबिच समय समयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने समेत बताए

कार्यक्रममा जिल्ला प्रहरी झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल नेपाल नं. गण हेक्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख अनुसन्धान उपनिर्देशक कुलचन्द्र नेपाललगायतको उपस्थिती रहेको थियो  

सम्बन्धित समाचार