२०८३ बैशाख १९ गते , शनिबार

नेपाली कांग्रेसका नेता उद्धव थापामाथि आक्रमण

sajilo news
परिवेश मिडिया
२०८१ माघ ५ गते , शनिबार
नेपाली कांग्रेसका नेता उद्धव थापामाथि आक्रमण

बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण भएको छ । थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आज साँझ आक्रमण भएको हो ।
उहाँको देब्रे आँखाको माथिल्लो भागमा सामान्य चोट लागेको छ ।
सडक निर्माणको लागि बनाइएको डाईभर्सनमा गाडी जाममा परेको र थापा सवार गाडीको अगाडि गाडी तेर्स्याएर विद्युत प्राधिकरण सुरुङ्गाका चालकले विवाद गर्नुका साथै आक्रमण गरेको बताइएको छ । घटनाको क्रममा सुरक्षा गार्डको भुमिका चित्तबुझ्दो नभएको बुझिएको छ । 
थापा नेपाल प्रेस युनियन झापाको साधारणसभाबाट फर्कदै गर्दा आक्रमण भएको थियो ।
आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाउन चाहेन।
बिर्तासिटी हस्पिटल बिर्तामोडमा सामान्य उपचार पश्चात थापा डिस्चार्ज भएर घर गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

सम्बन्धित समाचार