२०८३ बैशाख १९ गते , शनिबार
रोटरी क्लब अफ मेचीनगर अध्यक्षमा शर्मिला
बिर्तामोड । रोटरी क्लब अफ मेचीनगर वर्ष २०२५-२६ को अध्यक्षमा शर्मिला पाठक चयन भएकी छन् । आज मेचीनगर-११ स्थित कालिका सिमसारमा सम्पन्न पाँचौं साधारणसभाबाट पाठक अध्यक्षमा चयन भएकी हुन ।
क्लबको सचिवमा पवित्रा बिमली प्रसाईं र कोषाध्यक्षमा निखिल वंशल सर्वसम्मत चयन भएका छन् । रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कमल प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन क्लबका सचिव आयुष्मान निरौलाले गरेका थिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष किशोर क्षेत्री (कपिल) लगायतले शुभकामना मन्तव्य राखेका थिए । नव निर्वाचित समितिको कार्यकाल २०२५ जुलाई १ तारिखबाट सुरु हुने सचिव प्रसाईंले जानकारी दिइन् । क्लबले साधारण सभासँगै वनभोजसमेत आयोजना गरेको थियो ।